दाङ ।
दाजुको अस्तु सेलाउन गएका एक पुरुषलाई नारायणी नदीले बगाएको छ । बिहीवार दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाल दाजु रेमन्तको अस्तु सेलाउन देवघाटमा गएका थिए । अस्तु सेलाउदै गर्दा लोकेन्द्रलाई नारायणीले बगाएको हो । ३२ वर्षीय लोकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएको चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी गराएको छ। बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीको भनाइ छ । तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तको उपचारका क्रममा लखनउमा ज्यान गएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??