विनोद खनाल, बुटवल ।
ध्रुवतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । शुक्रबार रक्तसंचार केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा सहकारीमा आबद्ध सदस्यहरुले रक्तदान गरेका हुन। संस्थाले सामाजिक उत्तरादायीत्व अन्तरगत नियमित रक्तदान गर्दै आएको संस्थाका अध्यक्ष मान बहादुर कुँवरले बताए।
बुटवलमा डेंङ्गी रोगका बिरामी बढे संगै मृगौला डायालासीसका बिरामीका लागि समेत आवश्यक रगत अभाव हुननदिन रक्तसंचार केन्द्र, बुटवल नियमित रक्तदानमा सकृय रहेको छ । रक्तसंचार केन्द्र, बुटवलले रक्तदान कार्यक्रम संचालन गर्न गरे पछि आकस्मिक रुपमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कुँवरले बताए । कार्यक्रम संस्थाका शिक्षा तथा प्रकाशन उपसमिति संयोजक विनोद खनालको संयोजकत्वमा सम्पन्न भएको थियो ।
ध्रुवतारा सयपत्री सहकारीद्वारा रक्तदान
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??