spot_img
spot_img
spot_img

भारतको सवोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद पुनर्बहाली

spot_img

एजेन्सी ।

भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएको छ । यो सँगै गान्धीको सांसद पद पुनर्बहाली भएको छ । यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सर्वोच्चले सजाय गर्नु नपर्ने आदेश दिएसँगै गान्धीलाई राहत मिलेको छ । गान्धीलाई मानहानी मुद्दामा २ वर्ष सजाय सुनाइएको थियो । यससँगै गान्धी लोकसभा सांसदका लागि पनि अयोग्य हुनुभएको थियो ।

गत चैतमा सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । यसविरूद्ध गान्धीले उच्च अदालतमा पनि पुनरावेदन गर्नुभएको थियो । गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हाल्नुभएको थियो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img