spot_img
spot_img
spot_img

पाकिस्तानमा नवदुलहा–दुलहीको गोली हानी हत्या

spot_img

एजेन्सी ।

पाकिस्तानको पञ्जाब प्रान्तमा एक नवविवाहित जोडीको गोली हानी हत्या गरिएको छ । गत बुधवार बिहान अपरिचित व्यक्तिले घरभित्र पसेर नवविवाहित जोडीलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना हालै सार्बजनिक भएको हो । प्रहरीले यो घटनालाई अनर किलिङसँग जोडेर हेरिरहेको छ । लाहोरबाट ६० किलोमिटर टाढा कसुर जिल्लाको फुलनगरमा बस्ने मोहम्मद जुल्फिकारले केही साताअघि शगुफ्ता बीबीसँग विवाह गरेका थिए। तर जुल्फिकार र शगुफ्ता बीबीको परिवार यो विवाहका लागि तयार थिएनन् भन्ने प्रहरीको भनाइ छ । प्रहरीले केटीको परिवारले उनको रोजाइको विरोध गरेको दाबी गरेको छ । वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह उनीहरुले मिलाएको केटासँग गरुन् भन्ने चाहन्थे । तर शगुफ्ता घरबाट भागेर अदालतमा विवाह गरेकी थिइन् । त्यसपछि उनीहरूको हत्या गरियो। यस्तो अवस्थामा प्रहरीले शगुफ्ताका बुवा र भाइविरुद्ध एफआईआर दर्ता गरेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक मानव अधिकारकर्मीलाई उद्धृत गर्दै पत्रिका डनले आफ्नो प्रतिवेदनमा देशमा हरेक वर्ष करिब एक हजार महिलाको परिवारको इज्जतको नाममा हत्या हुने गरेको जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img