spot_img
spot_img
spot_img

आँखा पाक्ने रोग फैलिएपछि दाङ र चितवनका विद्यालय एक साता बन्द

spot_img

दाङ ।

दाङको गढवा गाउँपालिकाका आँखा पाक्ने रोगका कारण संस्थागत विद्यालयहरु एक साताका लागि बन्द गरिने भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै पालिका तथा समुदायस्तरका बालबालिकामा आँखा चिलाउने,रातो हुने तथा आँखा पाक्ने समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको हो । त्यस्तै, विद्यार्थीमा हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै साउन २८ गतेसम्मका लागि पालिका भरका संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको छ । यसैगरी, आँखामा सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पनि ५ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको हो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img