कञ्चन ।
नेपाल मगर संघ र नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समितिले देशभरका ७७ जिल्लाका जिल्ला प्रशासन कार्यलयमा अधिवक्ता भगवती पाण्डेद्वारा टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तीका विरुद्ध ज्ञपानपत्र बुझाएको छ। गत साउन ७ गते प्राइम टेलिभिजनका प्रस्तोतासंग गएिको चिया गफ कार्यक्रममा अन्तरवार्ता कार्यक्रममा “मानिस किन अपराधिक बन्ने गर्छन”? भन्ने प्रश्नको जवाफमा अधिवक्ता पाण्डेले “दाजुबहिनीबीचको बैवाहिक सम्बन्धबाट जन्मिएका बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैँसी र बाख्राभन्दा पनि तुच्छ हुने र त्यस किसिमको बैबाहिक सम्बन्ध मगर र तामाङ्ग जातीमा हुने” धारणा ब्यक्त गरेकी थिइन।
अधिवक्ता भगवती पाण्डेले “तामाङ्ग र मगर समुदायका मानिसहरु अपराधिक र क्रुद्ध सोंच हुने त्यस्ता ब्यक्तीहरु भैँसी र बाख्राभन्दा पनि तुच्छ हुने” जस्ता गैर जिम्मेवारीपुर्ण र तुच्छ मानसिकताले दिइएको अभिब्यक्ति बिरुद्ध नेपाल मगर संघ र नेपाल तामाङ्ग घेदुङ्गले सोमबार भैरहवामा बिरोध प्रर्दशन सहित ज्ञापनपत्र दिएका हुन। नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष अन बहादुर सोती मगर र नेपाल तामाङ्ग घेदुङ्ग लुम्बिनी प्रदेशका अध्यक्ष बिरमान तामाङ्गको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो। भैरहवाको देवकोटाचोकबाट बिरोध प्रदर्शन सहितको र्यालीमा प्रदर्शनकारीहरुले ूसामाजिक सदभाव बिथोल्न पाइदैन, अभियुक्त शितल पाण्डेलाई हदैसम्मको कारवाही गर, अधिवक्ता भगवती पाण्डेको लाइसेन्स खारेज गर, अभियुक्तलाई छुटकारा दिन पाइदैन , जातीय सदभाव बिथोल्न पाइदैन, बहुसांस्कृतिक बिबिधतालाई सम्मान गर, दोषीलाई उन्मुक्ति दिन पाइदैन, बिभेदकारी प्रशासन पाइदैन, प्रहरी दमन बन्द गर, दोषी प्रहरीलाई कारवाही गरू भन्दै नारा लगाएका थिए । उक्त र्याली जिल्ला प्रशासन कार्यालयमा पुगी कोणसभामा परिणत भएको थियो ।
ज्ञापनपत्रमा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून बमोजिम हदैसम्म सजाय दिन माग गरीएको छ । यस्तै शान्तिपूर्ण आन्दोलनमा आफ्नो मागहरू राखिरहेका अभियन्ताहरूलाई नियन्त्रणमा लिइसकेपछि अनावश्यक बल प्रयोग गरी चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक दान बहादुर कार्की सहित संलग्न सबै प्रहरीलाई कार्बाही गर्न बिज्ञप्तीमा माग गरीएको छ । यही साउन १७ गतेको आन्दोलनमा प्रहरीको चरम यातना तथा निर्घात कुटपिटबाट घाइते भएका दर्जनौ अभियन्ताहरूलाई उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग राखि आन्दोलकारीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले ज्ञापनपत्र बुझदै नेपाल मगर संघ र नेपाल तामाङ्ग घेदुङ्गले संयुक्त रुपमा उठाएको माग सहितको ज्ञापनपत्र यथासक्य गृहमन्त्रालय सम्म पुरयाउने प्रतिबद्धता गर्नु भएको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेले अधिवक्ता पाण्डेको अभिब्यक्तीले मगर र तामाङ्ग समुदायमा पर्न गएको असरबारे आफु पनि सम्वेदनशिल रहेको बिचार ब्यक्त गर्नु भएको थियो।
प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाए पश्चात शान्तीपुर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरले मगर र तामाङ्ग जातीमा कुनै दाजु बहिनी वा दिदि भाई बिच बिवाह नहुने र कुनै जाती समुदायको बारेमा कुनै अभिब्यक्ती दिनु भन्दा पहिलो अध्ययन र अनुसन्धान गरेरमात्र बोल्न र प्रतिकृया दिन आग्रह गर्नु भएको थियो। आफुहरुलाई दमन गरीएको बिरुद्धमा आज ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाएको बताउनु भएको छ । उहाले आदिवासी जनजातीलाई यसरी नै दमन गर्ने हो भने जनता चट्टान भएर उठने बताउनु भयो । यदि आफुहरुको माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी समेत केन्द्रिय सह अध्यक्ष विरकट्टा मगरले दिनु भएको छ ।
यसैगरी बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल तामाङ्ग घेदुङ्ग लुम्बिनी प्रदेशका अध्यक्ष बिरमान लामाले अधिवक्ता शीतल पाण्डेलाई कानुन बमोजिम कार्वाही नभए देशभरका मगर तामाङ्ग जाती सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। । गैर जिम्मेवारी ढंगले कापोकल्पित रुपमा जथाभावी बोल्ने अधिवक्ता भगवती पाण्डेको लाइसेन्स खारेज गरिनु पर्नेमा जोड दिदै लामाले कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति प्रसारण गर्ने टेलिभिजन, युट्युब र टिकटकबाट समेत प्रत्यक्ष तथा रेकर्डेड प्रसारण भएकोले यसको बिरुद्धमा कारवाहीको माग समेत गर्नु भएको छ।
साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्वारा सञ्चालित चिया गफ कार्यक्रममा अन्तर्वाता दिने क्रममा तामाङ र मगर जातिमा दाजुबहिनी बीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैंसी र बाखाभन्दा पनि तुच्छ हुन्छ भनी सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गरेको बिरोधमा देश ब्यापी रुपमा नै बिरोध प्रर्दशन भैरहेको छ ।