spot_img
spot_img
spot_img

लियो क्लव अफ कञ्चन रुपन्देहीद्वारा निःशुल्क आँखा परिक्षण शिविर संचालन

spot_img

कञ्चन ।

देशैभरी आँखा दुख्ने रोेग फैलिरहेको समयमा त्यसको न्यूनिकरण गर्ने उद्धेश्यका साथ लियो क्लव अफ कञ्चन रुपन्देही निःशुल्क आँखा परिक्षण शिविर संचालन संचालन गरेको छ। वल्र्डलिंकको आर्थिक सहयोग तथा लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा ७१५ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा आँखाको जाँच गराई सेवा लिएका छन। गाउँघरमै आँखाको जाँ गराउन पाएकोमा स्थानीयहरु पनि खुशी भएका छन। समय र प्रसाको बचतसंगै निशल्क रुपमा आँखा जाँच गराउन पाएकोमा खुशी हुदै एक सेवाग्राहीले आयोजक संस्थालाई धन्यवाद समेत ब्यक्त गरको छन। आँखा पाक्ने समस्या देखिन थालेपछि यसको शुरुमै न्युनिकरण गर्न सकियो भने गाउमा महामारी फैलिनबाट रोक्न सहज हुने उद्धेश्यका साथ आँखा परिक्षण्ण शिविर संचालन गरिएको क्लवका अध्यक्ष सन्तोष कंडेलले बताउनु भएको छ।

कञ्चन २ को वडा कार्यालय परिसरमा संचालन गरिएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष नवराज ढकाल, वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, लायन्स क्लव अफ कञ्चन बर्ष २०२३ र २०२४ का अध्ययक्ष गणेश आचार्य, निवर्तमान अध्यक्ष मोहन सुनार, लायन्स क्लव अफ कञ्चन पुर्व अध्यक्षहरु राम बहादुर थापा, शसिधर सापकोटा लगायत आतिथ्यता रहेको थियो। क्लवका अध्यक्ष सन्तोष कंडेलको अध्यक्षता तथा लायन्स क्लव अफ कञ्चन बर्ष २०२३२र०२४ का अध्ययक्ष गणेश आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा क्लवका सचिव गोविन्द आचार्यले संचालन गर्नु भएको थियो। क्लवले यस अघि कञ्चनका विभिन्न स्थानहरुमा बृक्षरोपण कार्यक्रम समेत संचालन गरिसकेको छ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img