spot_img
spot_img
spot_img

अर्घाखाँची : लम्पी स्किनविरुद्ध खोप लगाउन सुरु

spot_img

अर्घाखाँची । 

अर्घाखाँचीमा लम्पी स्किनविरुद्ध खोप लगाउन सुरु गरिएको छ । अर्घाखाँचीमा अहिलेसम्म सात हजार दुई सय ३६ पशुमा लम्पी स्किन रोगको संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म तीन सय ४१ गाईगोरु लम्पी स्किन रोगबाट मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ । कार्यालय प्रमुख विष्णु पौडेलका रोग नियन्त्रणका लागि विज्ञ केन्द्रको पहलमा ६ हजार ७ सय ९८ पशुलाई उपचार गरिएको छ । रोगको रोकथाम तथा उपचारका लागि प्रदेश सरकारको समन्वयमा केही दिनदेखि दोश्रो चरणमा पशुमा खोप लगाउन सुरु गरिएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img