देवदह ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहले बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार एक कार्यकमको आयोजना गरि बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष टिका न्यौपानेले वास्तविक किसानको पहिचान गरि किसानको हितमा काम गरेको बताउनुभयो। उत्पादन बृद्दी विना शेयर सदस्यको आर्थिक विकास नहुने भएकोले सहकारीलाई उत्पादन संग जोड्ने गरि लगानी बढाएको बताउनुभयो। बिभिन्न वित्तीय निकायहरु सँग सहकार्य गरि शेयर धनि सदस्यहरुले सहकारी संस्थाबाट कर्जा लिएर राम्रो ब्यबसाय चलाईरहेको र यस सहकारी संस्थाले नगदेवाली, फलफुल खेती, तरकारी खेतीमा लगानी गर्ने गरेको अध्यक्ष न्यौपानेको भनाई थियो। त्यस्तै गोठ सुधारका लागि २५ जना कृषक र व्यवसायका लागि २ जना किसानलाई अनुदान उपलब्ध गराएको अध्यक्ष न्यौपानेले बताउनुभयो।
सोहि अवसरमा डिजिटल कृषि पशु परामर्श सेवा केन्द्रको विषयमा प्रशिक्षक विनोद विकले प्राशिक्षण दिनुभएको थियो। जियो कृषि प्रविधि उपकरण कसरी प्रयोग गर्ने र यसका फाइदाको विषयमा प्रशिक्षक विनोद विकले जानकारी दिनुभएको थियो। जियो कृषि प्रविधिले कृषकलाई सहयोग पुग्ने समेत उहाँको भनाई थियो। आर्थिक वर्ष २०७९र०८० मा संस्थाले करिब ५१ करोड लगानी गरेको व्यवस्थापक सरल सुवेदीले जानकारी दिनुभयो। त्यस्तै सहकारीमा असार मसान्त सम्म महिलाहरुको ५ सय ९० र पुरुषहरुको २ सय ८ गरि ७ सय ९८ समूह रहेको बताउनुभयो।
बर्षभरि भएका कार्यक्रमहरूको सम्बन्धमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष टिका न्यौपानेले बताउनुभयो। आगामि दिनमा सहकारी कसरी संचालन गर्ने, सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा पदाधिकारी, अन्तर समूहका पदाधिकारी, कर्मचारीको वीचमा छलफल भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता, उपाध्यक्ष खेम नारायण ढकालको स्वागत र व्यावाथापक सरला सुवेदीको संचालनमा सम्पन्न भएको थियो।