spot_img
spot_img
spot_img

अन्तराष्ट्रिय युवा दिवसमा दारी ग्याङले गर्यो मन्दिर परिसरमा रङरोगन

spot_img

रुपन्देही ।

दारी ग्याङ रूपन्देहीले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी बुटवल उपमहानगरपालिका वार्ड नं। ३, गोलपार्कमा रहेको दुर्गा मन्दिर परिसर तथा मन्दिर प्रतिक्षालयमा रङरोगन कार्य सम्पन्न गरेको छ । दारी ग्याङ रूपन्देहीको नियमित बैठकको निर्णय बमोजिम एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मन्दीर परिसरमा सरसफाई तथा रङरोवन गरेको दारी ग्याङ रुपन्देही अध्यक्ष भरत पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अथिती तथा मन्दीर ब्यवस्थापन समिती उपाध्यक्ष हरिकृष्ण प्रधानले युवाहरुले गरेको यो कामको खुलेर प्रशंशा गर्दै आगामी दिनमा पनि अझ सक्रिय रहन तथा आफ्नो ठाउबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै शुभकामना मन्तव्य दिनुभयो ।

मन्दिर परिसरमा आफुहरु नियमित जस्तो बैठक बस्दै आएको र त्यहाँ प्रतिक्षालयको रङ पुरानो भएको देखेर आफुहरुले सरसफाई तथा रङरोवन गरेको कार्यक्रम संयोजक तथा दारी ग्याङ रुपन्देही सदस्य सन्तोष न्यौपाने ले बताए । गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नारा नै बोकेर हिडेकोले यस भन्दा अघिपनि निरन्तर विभिन्न सामाजिक काम गर्दै आएको र यो पनि सामाजिक अझ मन्दिर परिसर तथा प्रतिक्षलयमा सरसफाई तथा रङरोवन कार्य समाजिक मात्रै नभई धार्मिक काम पनि गरेको दारी ग्याङ रुपन्देही सल्लाहकार सुनिल दर्जीले बताए। दारी ग्याङ रुपन्देहीका सदस्य, स्थानिय प्रतिनिधी तथा मन्दिर व्यवस्थापन समितीका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रमको संञ्चालन दारी ग्याङ रुपन्देही सदस्य राजन अधिकारीले गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img