spot_img
spot_img
spot_img

लायन्स र लियो क्लबद्वारा विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम

spot_img

देवदह // पछिल्लो समय आँखा पाक्ने रोग र डेङ्गु रोगको प्रकोप अत्याधिक मात्रामा वृद्धि हुदा समस्या आईपरेकाले लायन्स क्लब र लियो क्लबले विद्यालयमा सचेतना कार्यक्रम गर्दै आईरहेको छ। सोमबार लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ र लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको संयुक्त आयोजना र केरवानी स्वास्थ्य चौकीको सहयोगमा देवदह १ विर्ता स्थित श्री खड्ग मा.विका कक्षा ९-१२ का विद्यार्थीलाई सचेतना दिईएको हो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले लायन्स क्लबले स्थापना काल देखि नै लायन्सले लिएको सिद्धान्त ‘हामी सेवा गर्छौं’ लाई आत्मसाथ गर्दै निस्वार्थ भावनाके समाजसेवा गर्दै आईरहेको बताउनुभयो। उहाले विद्यार्थी हुँदै अभिभावकसम्म स्वास्थ्य सम्बन्धि सचेतना पुग्नेमा आशावादी रहेको समेत बताउनुभयो। उहाले क्लबले गरेका हरेक कार्यमा आफ्नो र देवदह नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। उहाले देवदह नगरपालिकाले स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै आईरहेको र नगरपालिकाले गरेको कार्यक्रमलाई लियो क्लब र लायन्स क्लबले साथ दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाले सबैको साथले मात्र नगरपालिकाले लिगेको लक्ष्य प्राप्त हुने बताउनुभयो।

कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका प्रमुख काशीराम रेग्मीले डेङ्गु तथा आँखा पाक्ने रोगको लक्षण, लाग्ने तरिका नियन्त्रणका उपायका विषयमा सहजीकरण गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष कमल पौडेलले विद्यार्थीहरुको माध्यमबाट स्वास्थ्य समस्या र निरुपण सम्बन्धमा बढी प्रभावकारी हुने भएकोले विद्यालय स्तरमा लायन्स क्लबले सचेतना प्रवाह गरीएको बताउनुभयो। उक्त कार्यक्रममा लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष लायन बिनोद थापा मगर, श्री खड्ग मा.विका प्राचार्य लगाएतले आ-आफ्नो भनाइ राख्नु भएको थियो।

कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष लायन कमल पौडेलको अध्यक्षता, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको सचिव सन्देश बेलबासेको स्वागत, क्लबको दोश्रो उपाध्यक्ष बिमल तिवारीको धन्यवाद र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका सह-सचिव लायन दिनेश चौधरीको सञ्चालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img