spot_img
spot_img
spot_img

विश्व अंगदान दिवसको अवसरमा अंगदान तथा अंग प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम

spot_img

भक्तपुर ।
विश्व अंगदान दिवसको अवसरमा अंगदान तथा अंग प्रत्यारोपणसम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गर्नेउद्देश्यले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अंग दान जीवन दान हो भन्ने विषयलाई जनस्तरबाट लानुपर्ने बताउँदै उहाँले मृत्यु पछि गरिने अंगदानबारे सबैलाई उत्साहित गर्न जरुरी रहेको बताउनुभयो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापनाको १३ वर्ष पुगिसक्दा केन्द्रले धेरै फड्को मारिसकेको बताउँदै उहाँले भक्तपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न यहाँ अवस्थित अस्पतालहरुलाई सुविधासम्पन्न र जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमार्फत दैनिक ८ सयको हाराहारीमा बिरामीहरुको जाँच हुँदै आएको बताउँदै उहाँले सरकारी अस्पतालहरुको स्तरोन्नतिले गरिब जनतालाई सेवा हुने बताउनुभयो । सरकारी अस्पतालहरुमा समस्या आउने बित्तिकै निजी अस्पतालहरुको हालीमुहाली चल्ने हुँदा सरकारले आफू मातहतका अस्पतालहरुलाई सुविधाहरु थप्दै समयसापेक्ष ढंगले स्तरोन्नति गर्दै लानुपर्ने बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएसँगै बिरामीका लागि अंग प्रत्यारोपण गन विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र कलेजो प्रत्यारोपण गर्ने नेपालकै पहिलो केन्द्र भएको बताउनुभयो । केन्द्रको सेवा सुविधालाई थप विस्तार गर्न स्थानीय तहहरुबाट पनि आवश्यक सहयोगको अपेक्षा रहेको बताउँदै उहाँले अंगदानको महत्वबारे जनचेतना अभिवृद्धि अभियानमा केन्द्र क्रियाशील रहेको बताउनुभयो ।
केन्द्रका प्रमुख डा. कल्पना श्रेष्ठले अंगदान गर्नेमा महिलाहरुको संख्या धेरै रहेको बताउँदै नसर्ने रोगको जोखिमका कारण शरीरका विभिन्न अंगहरु निष्क्रिय हुँदै जाने क्रममा बढ्दै गइरहेको बताउनुभयो । उहाँले अंगदानसम्बन्धी जनचेतना समुदायस्तरबाट गर्नुपर्ने आवश्यकता औंल्याउँदै अंगदान आफैमा एउटा पुण्यको काम भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अंगदानसम्बन्धी वृत्तचित्त पनि प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img