spot_img
spot_img
spot_img

भारतले आज स्वतन्त्रता दिवस मनाउँदै : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा

spot_img

एजेन्सी ।

भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । दिवसको अवसरमा लाल किल्लामा हुने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तयारी छ । मोदी लगातार दशौँ पटक स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने प्रधानमन्त्री हुनुहुन्छ । हिजो पाकिस्तानले स्वतन्त्रताको ७६औँ वार्षिकोत्सव मनाएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img