काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्। मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
यस्तै, उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन्। सदस्यहरुमा पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ चयन भएका छन्।
क्रिकेट संघको कार्यसमितिमा पारस प्रवेश गरेको यो पहिलो पटक हो। पारस काठमाडौंको प्रतिनिधि बनेर बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन्।