spot_img
spot_img
spot_img

गैडहवाको जनकल्याण माध्यमिक विद्यालयमा इको क्लव गठन

spot_img

कञ्चन ।

जनकल्याण माध्यमिक विद्यालय, गैडहवा ७ मा हरित विद्यालयको अवधारणा अनुरूप शुक्रवार ईको क्लव गठन गरिएको छ। जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक शिक्षा संचालन गर्ने उद्धेश्यका साथ बिधार्थीहरुको भेलाले मनिषा केवटको अध्ध्यक्षतामा ११ सदस्यीय इको क्लब गठन गरिएको हो।
यस्तै भेलाले क्लबको उपाध्यक्षमा सन्ध्या गुप्ता, सचिवमा सृष्टि हरिजन र कोषाध्यक्षमा दुर्गावती लोधलाई मनोनयन गरेको छ।
यस्तै सदस्यहरुमा जानकी यादव, आफरिन दर्जी, सविता यादव, सन्नीदेवल लोध, राजकमुार यादव, बिशाल लोध र पुष्पा पासी रहेका छन। विद्यालयका प्रधानध्यापक सञ्जय कुमार यादवको अध्यक्षतामा भेला सम्पन्न भएको भेलाले क्लवको सम्पर्क तथा प्रशिक्षक शिक्षकको रुपमा शिक्षिका पवित्रा खनाललाई भेलाले मनोनयन गरेको छ।सामुदायिक उत्थानशिलता कार्यक्रम अन्तर्गत गठित इको क्लवले बिद्यालयलाई स्वच्छ, सफा, प्लास्टिक मुक्त, सुन्दर र हरित बनाउन र जलवायु परिर्वतनका कारण वातावरणमा पर्ने प्रभाव तथा असरका बारेमा चेतनामुलक कक्षा संचालन गर्न सहकार्य र समन्वय गर्ने छ।

सि।डि।एम।द्वारा संचालित सामुदायिक उत्थानशिलता कार्यक्रम परियोजनाका लागि जर्मनी एक गैरसरकारी संस्था मेजरियरको आर्थिक सहयोग तथा गैडहवा गाउपालिकाको सहकार्यमा जनता आधारभुत बिद्यालयमा सम्पन्न भेलाको सहजिकरण सम्पर्क तथा प्रशिक्षक शिक्षक पवित्रा खनालले गर्नु भएको थियो । इको क्लव गठन पछि बिद्यालयमा हरेक हप्ताको शुक्रवार बिधार्थीहरुलाई सामुदायिक उत्थानशिलता कार्यक्रम अन्तर्गत जलवायु परिर्वतनका कारण वातावरणमा पर्ने प्रभाव तथा असरका बारेमा चेतनामुलक कक्षा संचालन गरी जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण कक्षा संचालन हुने छ बिद्यालयका प्रधानाध्यापक सञ्जय कुमार यादवले जानकारी दिनु भएको छ।  रुपन्देहीको गैडहवा, सियारी, कोटहीमाई गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र नजलपरासी९बर्दघाट पश्चिम सुस्ता०को प्रतापपुर गाउपालिकाका बिद्यालयहरुमा सामुदायिक उत्थानशिलता कार्यक्रम अन्तर्गत इको क्लव गठन गरि हरित विद्यालयको बिकास गर्ने छ। गैडहवाको बिभिन्न १५ वटा बिद्यालयहरुमा यो कार्यक्रम संचालन भएको जनता आधारभुत बिद्यालयका सम्पर्क तथा प्रशिक्षक शिक्षक दुर्गा भण्डारी जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img