काठमाण्डौ।
मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । आज राति पश्चिमी क्षेत्रमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा अति ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ। अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोको जोखिम समेत रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । यी प्रदेशका नदी तथा खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।