spot_img
spot_img
spot_img

लुम्बिनी फोटोग्राफर संघले विभिन्न कार्यक्रम गरी मनायो १८४औं विश्व फोटोग्राफी दिवस

spot_img

लुम्बिनी ।

लुम्बिनी फोटोग्राफर संघले १८४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ । संघले दिवसको अवसरमा भदौ १ देखि ३ गतेसम्म विविध कार्यक्रम सञ्चालन गरेको थियो। मानवीय सेवा अन्तर्गत भदौ १ गते खुल्ला रक्तदान कार्यक्रम, भदौ २ गते पर्यटन प्रवद्र्धनका लागि फोटोग्राफी यात्रा Basantapur Photowalk – 2080 तथा भदौ ३ गते संघमा आवद्ध सदस्य तथा स्टुडियो व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न महिला फोटोग्राफरका लागि १ दिने निःशुल्क फोटोग्राफी तालिम सञ्चालन गरेको थियो ।

मानवीय सेवामा फोटोग्राफर संघ

लुम्बिनी फोटोग्राफर संघले आफ्ना सदस्यहरुलाई स्वयंसेवाका भावनाले मानवीय सेवामा प्रेरित गर्ने उद्देश्यले रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै प्रत्येक बर्ष विश्व फोटोग्रफी दिवसको अवसरमा भदौ १ गते खुल्ला रक्तदान कार्यक्रम गर्ने गरेको छ । सोहीअनुरुप १८४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पनि खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । संघका कोषाध्यक्ष गिता पंगेनीको संयोजकत्वमा रक्तसञ्चार केन्द्र बुटवलमा सम्पन्न भएको कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि महेन्द्र प्रसाद उपाध्यायले फोटोग्राफर संघ हरेक वर्ष विभिन्न मानवीय कार्य गर्दै आइरहेको बताउनुभएको थियो । कार्यक्रममा ३६ जना संघका सदस्यहरुले रक्तदान गरेका थिए।

पर्यटन प्रवद्र्धनका लागि फोटोग्राफी

धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधताले भरिपूर्ण भएको पर्यटकीय महत्वको प्रशस्त संभावना रहेको क्षेत्रलाई फोटोको माध्यमबाट विश्वसामु परिचित गराउने उद्देश्यसहित १८४ औं विश्व फोटोग्राफी दिवसको अवसरमा भदौ २ गते लुम्बिनी फोटोग्राफर संघले फोटोवाक (Photowalk) कार्यक्रम तिनाउ गाउपालिकाको सहकार्यमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम तिनाउ–३ स्थित सिद्धबाबा मन्दीरमा औपचारिक कार्यक्रम गरी भुतखोला देखि बसन्तपुर डाँडासम्म फोटोग्राफी यात्रामार्फत सम्पन्न भएको हो । पैदल यात्रा गर्दै बसन्तपुर डाँडामा पुगेका फोटोग्राफरहरुलाई स्वागत गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ चिनाउने कुनै पनि सकारात्मक कार्यमा गाउँपालिका सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटकीय सम्भावनाले भरिएको तिनाउमा प्रयाप्त प्रचारप्रसार तथा प्रयाप्त बजेटको अभावमा ओझेल परेको उनले गुनासो गरे । गाउँपालिकाको सीमीत साधन र स्रोतले ती स्थानहरुको बिकासमा लगानी प्रयाप्त नभएको उल्लेख गर्दै श्रेष्ठले संघ र प्रदेश सरकारको चासो कम भएको समेत गुनासो गरे । व्यक्ति र राजनीतिक पार्टीको प्रभावमा परेर बजेटको बाँटफाड तथा योजना छनोट गर्ने गरिएको आरोप लगाउँदै उनले विधि र प्रक्रियाअनुसार विकास योजना अघि बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै तिनाउ–३ का वडा अध्यक्ष चित्रबहादुर थापा, वडा सदस्य टंक बस्याल, लुम्बिनी केवल कारका प्रोजेक्ट ईन्जिनीयर शनि चौरसीयाले पैदल यात्रामा बसन्तपुरलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी फोटोग्राफर महासंघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद उपाध्यायले शब्द र बाक्यहरुले व्याख्या गर्न नसकेका लाखौं भाव र सन्देशलाई एउटा फोटोमा उतार्न सकिने बताउँदै ओझेलमा परेका वस्तुलाई फोटोको माध्यममा उतारेर विश्वसामु परिचत गराउन सक्यौं भने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्न सक्ने बताएका थिए ।

कार्यक्रममा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिष पन्थले तराईको सबैभन्दा नजिक र वातावरणीय हिसाबले विविधता रहेको तिनाउमा धेरै विषयवस्तु भेट्न सकिने भएकाले पैदलयात्रा र फोटो प्रतियोगितामा भुतखोला–बसन्तपुर यात्रालाई छनोट गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक मोहनमहतोले फोटोग्राफी यात्रामा सहभागीहरुले खिचिएका फोटोहरु मध्येबाट उत्कृष्टलाई विजेता घोषणा गरिने समेत बताएका छन् । यात्रामा सहभागी फोटोग्राफरहरुबाट फोटो संकलन तथा उत्कृष्ट छनोट गरी प्रथम, द्वितीय, तृतीयलाई पुस्कार वितरण गरिने उल्लेख गरे । रुपन्देहीमा क्रियाशिल रहेका करिव ६५ जना फोटोग्राफरहरुको प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव माधव प्रसाद पन्थले गरेका थिए ।

क्षमता अभिवृद्धिका लागि निःशुल्क तालिम

विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघले संघमा आबद्ध स्टुडियोलाई सञ्चालनमा सहयोग गर्ने महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला सदस्यहरुलाई तालिमको आयोजना गरेको थियो । संघका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि निलकण्ठ भट्टराईले फोटोग्राफर संघले नयाँ प्रतिभा उत्पादन निरन्तर काम गर्दै आएको बताउनुभएको थियो । कायृक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष दिनेश अर्यालले आधारभुत तालिम मार्फत दैनिक रुपमा स्टुडियोको कार्य सञ्चालनमा सहजता हुने अपेक्षा गरेको बताएका थिए ।

संघका कानुनी सल्लाहकार कमला तिवारी तथा कार्यसमिति सदस्य युवा फोटोग्राफर त्रिभुवन पाण्डेद्धारा फोटोग्राफी प्रशिक्षण दिए भने संघका प्रेस सल्लाहकार दल बहादुर गुरुङ्गले सहभागीलाई उत्प्रेरकको रुपमा सहजीकरण गरेको उक्त तालिमको संयोजन सह सचिव कमला घर्ति मगरले गरेकी थिइन । संघका अध्यक्ष मनिष पन्थको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षणमा २२ जना महिला सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव माधव प्रसाद पन्थले गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img