अर्घाखाँची।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु भएको छ।डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटो परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ। मंगलबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट कृषकले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिने कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो।यसका लागि ६ वटै पालिकामा ११ जना प्राविधिक खटाइएको छ। प्राविधिकले नमुना संकलन गरि रिपोर्ट समेत पालिकामा बुझाएर कृषकलाई सहज हुने बताएको छ। डिजिटल माटो परीक्षण मिनील्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच, लगायत परिक्षण हुने बताइएको छ। कृषकलाई सुचना प्रभामा सहज होस भनेर कार्यक्रमको उद्घाटन पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालबाट गरिएको बताएको छ।