कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकाले संचालन गरेको घुम्ति शिविरबाट वडा नं. ४ का २९० जना जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन। गाउघरमै पािलकाको सेवा पहुँचलाई सहज रुपमा उपलब्ध गराउन संचालन गरिएको घुम्ति शिविरबाट २९० जना जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक परिचय पत्र प्राप्त गरेको वडा नं. ४ का सचिव चक्रपाणी पौडेलले जानकारी दिनु भएको छ।
यस्तै वडामा आएको शिविरबाट ३१ वटा ब्यबसायिक फर्म तथा पसलहरुले नविकरण गरेको र ७ वटा नयाँ पसल दर्ता भएका छन भने ७ आमा समूहहरुले संस्था नविकरण गरेको वडा सचिव पौडेलले जानकारी दिनु भएको छ।
गाउमा आएको शिविरबाट आफुले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गर्न पाएकोमा वडा नं. ४ का जेष्ठ नागरिक गंगा बहादुर सिरिसले खुशी ब्यक्त गर्नु भयो। यस्तै मनकामना आमा समूहका सचिव डुमाया थापाले पनि समूहको नविकरण गर्ने कार्य टोलमै आएको शिविरबाट सुबिधा पाएकोमा पालिकालाई धन्यवाद समेत ब्यक्त गर्नुभयो।