spot_img
spot_img
spot_img

तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित 

spot_img

काठमाडौं । 

आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। शुक्रबार मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो। यद्यपि, नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्यो। अर्कोतर्फ मलेसिया भने जितका बाबजुद पनि बाहिरिनु परेको छ। नेपालले पहिले ब्याटिङ गर्दै मलेसियालाई ८५ रनको सामान्य लक्ष्य दिएको थियो। मलेसियाले १६।२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ। मलेसियाकी ओपनर अइन्ना हमिजा हासिमले नटआउट रहँदै ३७ रन बनाएर टिमलाई जितसम्म डोहोर्याइन्। नेपालका पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १–१ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा घटाइएको खेलमा ८३ रन जोडेको थियो। नेपालका लागि नेपालकी रुबिना क्षेत्रीले २६ बलमा सर्वाधिक २३ रन, इन्दु बर्माले ३३ बलमा २० रन र काजल श्रेष्ठले २१ बलमा १८ रन बनाएका थिए। नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो। हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा स्थान बनाउन सकेन। फाइनल खेल शनिबार हुनेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img