spot_img
spot_img
spot_img

जिम्बावेको राष्ट्रपतिमा मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

spot_img

एजेन्सी ।

जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो । आयोगका अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३(२४ को चुनावमा मनाङ्गाग्वाले अरु १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गर्नुभएको बताउनु भयो । मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज सीसीसीका नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताउनुभयो । जिम्बावेको कानुनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बावेमा गएको बुधवार र बिहीवार मतदान भएको थियो । मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img