काठमाडौं ।
सुनसरीको धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल सुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै शनिबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??