spot_img
spot_img
spot_img

भैरहवाबाट नेपाल एयरलाइन्सले हङकङ र दिल्लीको नियमित उडान गर्ने

spot_img

काठमाडौं ।

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ । यही भदौ १२ भदौ गते मंगलबार देखि काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको नेपाल वायु सेवा निगमले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

उडान तालिका अनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्ने छ । तत्पश्चात ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा यात्रा गर्ने छन् ।
यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले प्रकाशित बिज्ञप्तीमा उललेख गरिएको छ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइट मा लगइन गरी निगमको टिकट किन्न सक्ने छन् । यसअघि निगमले क्वालालाम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ । निगमको यो उडानसँगै अब भैरहवामा समेत यात्रुले सहज सेवा पाउने निगमले अपेक्षा गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img