spot_img
spot_img
spot_img

समाजवादी मोर्चाको संयुक्त सभा बुटवलमा,लुम्बिनी प्रदेश समन्वय समिति घोषणा

spot_img

बुटवल ।

चार राजनैतिक दलहरुको संयुक्त मोर्चा समाजवादी मोर्चाको सन्देश सभा मंगलवार बुटवलमा सम्पन्न भएकको छ। सन्देश सभामा बोल्ने समाजवादी मोर्चा नेपालका चार दलका शिर्षस्थ नेताहरुले समाजवादी मोर्चामा अरु पनि आउन चाहे स्वागत गर्ने बताएका छन् । मंगलबार बुटवलमा सन्देश सभालाई सम्बोधन गर्दै एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले विचार र मान्यतामा सहमत भई आउनेलाई आफुहरुले स्वागत गर्ने बताएका हुन् ।अध्यक्ष नेपालले  ‘समाजवादी मोर्चामा अरु पनि आउन चाहे हामी स्वागत गछौँ ।,कसैलाई हामीले ढोका बन्द गरेका छैनौँ । तर, विचार र मान्यतामा सहमत हुनु पर्छ ।’ भने । मानिसको सोच र व्यवहारमा परिवर्तन गर्ने अभिभारा बामपन्थी शक्तिहरुले लिनु पर्ने उद्देश्यका साथ समाजवादी मोर्चाको गठन गरिएको अध्यक्ष नेपालले बताए ।
‘राजनीतिक भन्दा पनि आर्थिक परिर्वतन गाहो हुने रहेछ । सामाजिक परिर्वतन झन गाहो हुने रहेछ । सांस्कृतिक परिर्वतन झन गाहो हुने रहेछ । मानिसको सोच र व्यवहारमा परिवर्तन गर्ने अभिभार बामपन्थी शक्तिहरुले लिनु पर्छ । यही उदेश्यका साथ हामीले समाजवादी मोर्चाको गठन गरेका हौँ ।’–अध्यक्ष नेपालले भने । समाजवादी मोर्चाले सन्देश सभाको मञ्चबाटै लुम्बिनी प्रदेश समन्वय समितिको पनि घोषणा गरेको छ । समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणी चौधरी सदस्य रहेका छन् ।
यस्तै जसपाबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट बसन्त सी, नारायण सी र सम्झना सी सदस्य रहेका छन् । लुम्बिनीमा मोर्चाको समन्वय समितिको अध्यक्षता चार महिनाका लागि नेकपाले गर्नेछ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img