spot_img
spot_img
spot_img

सिरिया: आर्थिक सङ्कटको सामना गरिरहेका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किए

spot_img

एजेन्सी ।

सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका सरकार नियन्त्रित क्षेत्रका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किएका छन् । सिरियाको शिक्षा मन्त्रालयले विद्यार्थीका लागि विद्यालय पोसाकमा कडा नियम लागू नगर्न आग्रह गरेको त्यहाँको समाचार संस्था, सानाले जनाएको छ । सिरियामा झण्डै ३७ लाखभन्दा धेरै विद्यार्थीका लागि १४ हजार ५ सय ५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र शुरू भएको छ । सन् २०११ देखि भइरहेको युद्धका कारण सिरियाको शैक्षिक पूर्वाधारमा व्यापक विनाश भएको छ । जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको छ । बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ । विद्यालय जाने उमेरसमूहका एक तिहाइ अर्थात् झण्डै २४ लाख बालबालिका विद्यालय गएका छैनन् भने अन्य १६ लाख बालबालिका विद्यालय छाड्ने जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकायले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सिरियामा द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ । लाखौँ मानिस विस्थापित भएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img