काठमाण्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशले जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । मधेस प्रदेश सरकारकाे कार्यवाहक मुख्यमन्त्री सुनिता शाहलाई ज्ञापनपत्र बुझाएको हाे । ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेश संयाेजक रमेशले ज्ञापनपत्रमा उल्लेखित बिषयहरू तत्काल कार्यान्वयन गर्न माग गरे । साथै उनले उल्लेखित बिषयहरु वेवास्ता गरिए मान्य नहुने समेत बताए । ज्ञापनपत्र बुझाए लगत्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशले गाेपाल धर्मशालादेखि र्याली निकालेकाे थियाे । साे धर्मशाला देखि निस्केको र्याली भानुचाेक हुँदै जनक चाेकसम्म बजार परिक्रमा गरि सभामा परिणत भएको थियाे ।
सभालाई सम्बाेधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेश ईञ्चार्ज सागरले राष्ट्रघाती एमसिसि निकै अगाडि बढिसकेकोले त्यसको प्रतिरोधकाे लागि तयार रहन आह्वान गरे । “राष्ट्रियता र जनजिविकाकाे सवाल अन्त्यन्तै संवेदनशील भएर आएकाे छ । सरकार निकम्मा बनेको छ । जनता जबर्जस्त जाग्नुपर्ने भएको छ । त्यसको लागि हाम्रो पार्टी आम जनतामा आह्वान गर्दछ मिटरब्याज, वित्तीय शाेषणले जनता आक्रान्त छन् । दिनप्रतिदिन युवाहरूको पलायन दर बढेको छ। राज्यले गम्भीर नभए विद्राेह अवश्यम्भावी छ ।” त्यस्तै पार्टीका मधेस प्रदेश संयाेजक रमेशले राष्ट्रियता र जनजिविका तथा समसामयिक बिषयहरूमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएकाे भन्दै सरकार गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । साथै उनले कृषककाे समस्याबारे सरकार गम्भीर नभएको भन्दै कृषकहरूकाे समस्या समाधान गर्नुपर्ने बताए ।