शाखाका अनुसार अन्य जिल्लामा सङ्क्रमण स्थिर छ । सावधानी अपनाए डेङ्गीलाई नियन्त्रण गर्न सकिने डाक्टरको भनाई छ । अझै दुई महिना डेङ्गीको जोखिम उच्च छ । डेङ्गी सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ । लामखुट्टेको टोकाइबाट जोगिन सके डेङ्गीबाट बच्न सकिन्छ ।
डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा पानी जमेको छ भने त्यसलाई फाल्नु पर्ने डाक्टर दाहालको सुझाव छ।
यस्तै, शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गरे पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । देशभर २४ हजार जनालाई डेङ्गीको सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।