spot_img
spot_img
spot_img

देवदहमा बाल अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धि नेतृत्व विकास तालिम

spot_img

देवदह ।

देवदह नगरपालिका वडा नं. ५ को आयोजनामा बाल समुहका सदस्यहरुलाई बालअधिकार एवं बालमैत्री स्थानीय शासन सम्बन्धी २ दिने नेतृत्व विकास तालिम सप्पन्न भएको छ। वडा बाल संजालका १७ जना, देवदह ५ का विद्यालयमा कृयाशिल बाल क्लबका पदाधिकारी, ६ वटा टोल स्तरीय बाल समुहका पदाधिकारी सहित ३३ जनाको सहभागीमा तालिम सचालन भएको हो। तालिममा शुभकामना मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकाराम शर्माले प्रशिक्षार्थी बालबालिका समाजको लिडर भएको हुँदा टोल टोलमा बालमैत्री वातावरण निर्माण गर्न सबै सकृय हुनुपर्नेमा बताउनुभयो।

उहाले बाल विवाह, बाल मजदुर, स्वास्थ्य सम्बन्धि कतिपय सुचक पूरा गर्न वडा समिती, वडा स्तरीय बालमैत्री समिती र विद्यालय सक्रियता पुर्वक लागेर वडालाइ बालमैत्री बनाउने आधार तयार गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा बालमैत्री स्थानीय शासन विज्ञ शर्मिला पौडेलले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा देवदह नगरपालिका बालमैत्री फोकल पर्सन तथा शिक्षा अधिकृत पर्शुराम ढकालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको अध्यक्षतामा र वडा बाल संजालको सदस्य बिष्णु पौडेलले सञ्चालनमा भएको थियो। कार्यक्रममा वडा सदस्य होमनाथ भट्टराईले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img