काठमाडौं ।
६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला फेरि त्रिभुवन विमानस्थलबाट १ किलो सुन बरामद गरिएको छ । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको भने छैन् । यसभन्दा अघि हङकङबाट ल्याएको ६० किलो सुन बरामद गरिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??