spot_img
spot_img
spot_img

नयाँ प्रहरी निरीक्षकको आगमनसंगै कञ्चनमा चोरीमा संलग्नलाई पक्राउ गर्ने कार्य तिव्र

spot_img

कञ्चन ।

ईलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यालय प्रमुखको रुपमा नयाँ प्रहरी निरीक्षक सूर्य बहादुर शाही आएसंगै बिभिन्न चोरीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यले तिव्रता पाएको छ। प्रहरी निरीक्षक शाहीले कञ्चनमा बढिरहेको चोरी नियन्त्रण गर्ने र चोरीमा संलग्नहरुको खोजी गरी बिभिन्न स्थानहरुबाट ४ जना ब्यक्तिहरुलाई पक्राउ गरी आवस्यक कानुनी कार्वाहीका लागि सम्बन्धित ठाउमा पठाइएको ईलाका प्रहरी कार्यायल रुद्रपुरले जनाएको छ। ईलाका प्रहरी कार्याल रुद्रपुरमा कार्यभार ग्रहण गरेकै दिन यही भदौ १६ गते कञ्चन ४ बाट चोरी भएको स्कुटर समेत हराएको करिब ११ घण्टा भित्रै फेला पारी स्कुटरधनीलाई बुझाएको थियो।

यस्तै कञ्चनका बिभिन्न ब्यक्तिहरुको बाखा्रको खोरबाट खशी बोका चोरी गर्नमा संलग्न ४ जना ब्यक्तिहरुलाई प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको नेतृत्वमा खटिएको सुरक्षा टोलीले गैडहवा र कञ्चनका बिभिन्न स्थानहरुबाट नियन्त्रण लिएको थियो। पछिल्लो समय कञ्चन, गैडहवा, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाका बिभिन्न स्थानहरुबाट खसीबोका चोरीमा संलग्न ब्यक्तिहरुको खोज तलास गरेपनि कहि भेटिएका थिएनन। प्रहरीको नियन्त्रणमा लिइइएका चारै जनालाई थप आवस्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सालझण्डी पठाइएको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img