काठमाडौं ।
तानसेन नगरपालिका वार्ड नम्बर १४ अर्गली पाल्पाको ऐतिहासिक तपोभुमीमा अवस्थित बद्रीनारायण मन्दिरमा आगामी असोज ९ गते बामन द्वादशीका दिन भजन कृतन कार्यक्रम हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितीले मन्दिर स्थापनाको उपलक्षमा बार्सिकउत्सब संगै भजन कृतन कार्यक्रम राखिएकोले सम्पुर्ण श्रद्दालु भक्तजनहरु तथा दर्शनार्थीहरुलाइ बद्रीनाथ मन्दिरको विशाल मुर्ती प्रतिस्थापना तथा विशाल रथ यात्रा समेत रहेकोले सबै भक्तजनलाइ आमन्त्रण गरेको छ ।
बद्रीनारायण भगवानको दर्शन गर्ने क्रममा अस्टभुजा भगवती मन्दिर, सिद्दिबिनायक गणेश मन्दिर, शिबपार्वती मन्दिर, सरस्वती मन्दिर राधाकृष्ण मन्दिर देशान्तरी माइ मन्दिर र रामसिता मन्दिर एकै ठाउँमा भएकाले सबै मन्दिरमा भगवानहरुको दर्शन गरि पुण्य कमाउन सकिने मन्दिर व्यवस्थापन समितिका सम्पर्क व्यक्ति यज्ञ पाण्डेले जनाउनुभयो ।
सो दिन बिहानै देखि भजनकृतन,बद्रीनाथ विशेषपुजा , विशाल मुर्ती प्रतिस्थापना, रथ यात्रा , भजन कृतन, प्रशाद ग्रहण लगायतका कार्यक्रमहरु पनी रहने समितिका अर्का सम्पर्क व्यक्ति ज्ञानेश्वर पाण्डे जानकारी दिनुभयो। मन्दिर व्यवस्थापन समितिले जारी गरेको सुचनामा सम्पूर्ण दर्शनार्थीहरुलाइ भजन कृतन कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।