कञ्चन ।
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देहीको आयोजनामा जारी खुल्ला पुरुष फुटवल प्रतियोगिताको तेश्रो दिन दुई खेल सम्पन्न भएको छन। बुधवार स्याङ्गजा कारिकोट र हरैया एफसी बिच भएको पहलो खेलमा हरैया एफसीले स्याङ्गजा कारिकोट एफसीलाई ३-२ को गोल अन्तरले पराजित गरी हरैया एफसी दोश्रो चरणको खेलमा प्रबेश गर्न सफल भएको छ। यस्तै बुधवार नै राजेश स्मृति फाउण्डेसन कपिलबस्तु र चाँदनी एफ.सी बिच भएको दोश्रो खेलमा चाँदनी एफसी राजेश स्मृृति फाउण्डेसनलाई ३-२ गोल अन्तरले पराजित गरी चाँदनी एफसी पनि दोश्रो चरणको खेलमा प्रबेश गरेको छ।
आज प्रतियोगिताको चौथो दिन गौतमबुृद्ध सामुदायिक बिकास केन्द्र(आयोजक) र दर्शन युवा क्लव तथा सिद्धार्थ एफसी र बुद्ध सेवेन स्टार बिच प्रतिस्पर्धा हुने गौतमबुृद्ध सामुदायिक बिकास केन्दका अध्यक्ष तेजिन्द्र पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा विजेता टिमले नगद ५० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता हुने टिमले नगद ३० हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
कञ्चन ५ पिपरीचापा चौपारी खेल मैदानमा भएको प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने फुटवल खेलाडीहरुलाई ट्रफी र मेडल सहित नगद पुरस्कार समेत रहेको गौतमबुृद्ध सामुदायिक बिकास केन्द तेजिन्द्र पुनले वानकारी दिनु भएको छ। खेल दिउस २ बजे देखि शुरु हुने छ।