एजेन्सी ।
नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराउनुभएको छ ।नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उहाँले अर्थव्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताउनुभयो । डच केन्द्रिय तथ्यांक ब्युरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसंख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १।२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो । जुन नेदरल्याण्डमा ४० वर्षमा सबैभन्दा ठूलो गिरावट हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??