काठमाडौँ ।
१९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २—० गोलले पराजित गरेको हो। नेपालको समूहमा बंगलादेश र जापान पनि रहेका छन् ।
नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ ।१९औं एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ महिला स्पर्धामा मात्र सहभागिता जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??