कञ्चन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ६ बोधबारबाट अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याई सोही ठाउमा बस्ने जलिल गद्धीको खाली घरमा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ४ लाख ८० हजार मुल्य बराबरको अन्दाजी १६ क्विन्टल अबैध माछा बरामद गरेको
छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले दिनु भएको जानकारी अनुसार ३२ वटा कार्टुनमा रहेको उक्त अबैध माछा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देहीमा पठाइएको छ।
पछिल्लो समय रुपन्देही जिल्ला प्रहरीले भन्सार छली भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेका अबैध सामानहरुको बरामद गर्ने कार्यलाई निरुत्साहित गर्न सिमा नाका र आसपासका क्षेत्रहरुमा सुरक्षागस्तीलाई कडाई गर्दै आएको छ।




