spot_img
spot_img
spot_img

आज ४४औँ विश्व पर्यटन दिवस मनाईदै

spot_img

काठमाण्डौ ।

आज ४४औँ विश्व पर्यटन दिवस । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरि आज यो दिवस मनाउन लागेका हुन । दिवस मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकहरुलाई पर्यटनमन्त्री किरातीले स्वागत गर्ने कार्यक्रम समेत राखिएको थियो ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख २० हजार ८५ मात्र छ । सन् २०१९ मा अहिलेसम्मकै धेरै ११ लाख ९७ हजार १ सय ९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img