spot_img
spot_img
spot_img

देवदहको ज्ञानज्योतिमा नि:शुल्क आँखा जाँच शिविर

spot_img

देवदह ।

रुपन्देहीको देवदह ८ मा रहेको ज्ञानज्योति मा.विमा विद्यार्थीहरुका लागि नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ देवदह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी पाण्डेले शरिरका सबै अङ्गको आफ्नै महत्व भएको र आँखा सबै भन्दा महत्वपूर्ण अङ्ग भएको हुदा विद्यार्थीहरुको लागि नि:शुल्क आँखा शिविर सञ्चालन गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

उहाले देवदह ८ का कोहि पनि मोतियाविन्दुको बिरामी भए उनिहरुलाई लायन्स क्लब अफ देवदह संग सहकार्य गरेर निशुल्क उपचार गरिने जानकारी समेत दिनुभएको थियो। लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन मन बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्लस्टर चिफ राम बहादुर गुरुङ, क्लबका निवर्तमान अध्यक्ष ला.विष्णु प्रसाद ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध पुन शिक्षक, विद्यार्थी एवम् स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा २५० बढि विद्यार्थीले आफ्नो आँखा जाँच गराई सेवालाभ लिएका थिए भने १३ जना आखाको रोग लागेका विद्यार्थीहरुलाई थप उपचारका लागि देवदह ५ बैकुण्ठनगरमा रहेको लायन्स आँखा उपचार केन्द्रमा पठाइएको क्लबले जनाएको छ। विद्यालयको प्रधानाध्यापक बिन्दु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ देवदहका तृतीय उपाध्यक्ष लायन गणेश क्षेत्रीले गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img