काठमाडौं ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो छेन्दु पुग्नु भएको छ ।
छेन्दुमा सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ र प्रान्तिय सरकारका उपसचिव जनरल जियासिआयोेपेङ लगायतका अधिकारीहरुले विमानस्थलमा प्रधानमन्त्री दाहाललाई स्वागत गर्नुभयो । छेन्दुमा रहँदा प्रधानमन्त्री दाहालले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल ७ हप्ता लामो चीन भ्रमण सकेर भोलि छेन्दुबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।