काठमाडौं । स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ । आज शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताउनुभएको हो ।
दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको बताउदै उहाँले स्वास्थ्यकर्मीहरुको सुरक्षाका सन्दर्भमा पनि सरकार गम्भिर भएर लाग्ने उल्लेख गर्नुभएको छ । मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो ।