काठमाडौं । एसियाली खेलकुदमा नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ए को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो । नेपाली टिममा सुबिनकुमार प्रजापति, साहस भण्डारी, दिपेश गुरुङ र समिर गुरुङले खेलेका थिए ।
समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए । नेपाल तेस्रो हुँदा जापानलाई पछि पार्न सफल भयो । यसअघि शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह सी मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।