काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार निगमले गरेको मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएपछि मूल्यवृद्धि फिर्ता हुने भएको हो ।
शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार गरिएको मूल्य बृद्धि घटाइएको निगमले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??