काठमाडौं । चिनमा जारी १९औं एसियन गेम्सको महिला भलिबलमा नेपालको लगातार दोस्रो हार भएको छ । ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालविरुद्धको खेल दक्षिण कोरियाले २५–२१, २५–१४ र २५–११ ले जितेको हो । सोझो सेटमा हारेको नेपाल यो हारपछि समुहबाट बाहिरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??