काठमाडौं। दशैं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो। त्रिभुवन विमानस्तल भन्सार कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
कार्यालयका अनुसार पछिल्लो समय साउदी, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइल्याण्डलगायतबाट अरुको मालवस्तु लिएर आउनेहरू कारवाहीमा परिरहेका छन् ।
ती क्षेत्रबाट त्रिभुवन विमानस्थलमा आफन्त लिन आउने भन्दै ल्यापटप, मोबाइल, सुन, घडी लगायतका सामान नेपाल फर्किर्दैं गरेकालाई पठाइन्छ । यसरी अरुको उपहार लिएर आउँदा यहाँ कारवाहीमा पर्न सकिने भन्दै कार्यालयले चेतावनी दिएको हो। यसरी अरुले पठाएको उपहार पनि लिएर आउँदा मापदण्ड भन्दा बढी मालवस्तु हुन जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परेर उक्त मालवस्तु जफत हुन सक्ने जनाइएको छ । योसँगै जरिवानावापत दोब्बर मूल्य बरबर धरौटीसहित कैद सजायसमेत हुन सक्ने विमानस्थल कार्यालय बताएको छ।