भूकम्पले नेपालको संघीय राजधानीमात्र नभएर भारतको राजधानी नयाँ दिल्ली पनि हल्लाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको उत्तर प्रदेश, उत्तराखण्ड राज्यसहित दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । दिल्लीमा भूकम्पको धक्का महसुस गर्नासाथ मानिसहरु घर तथा कार्यालयबाट सडकमा निस्किएका थिए ।
भारतीय टेलिभिजन च्यानल ‘आजतक’का अनुसार भूकम्पको पहिलो धक्का स्थानीय समयअनुसार २ः२५ मा महसुस गरिएको थियो । उक्त भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड थियो भने २ः५१ बजे अर्को धक्का महसुस गरियो, जसको तीव्रता ६.२ थियो ।
-एजेन्सीको सहयोगमा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??