स्याङ्जा । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण स्याङ्जा वालिङका पाँच घरपरिवार विस्थापित भएका छन्। वालिङ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवारको पहिरोको कारण जनजिवन प्रभावित भएको हो ।
वालिङ नगरपालिकाका अनुसार स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा रहेको छ भने स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ । उनिहरुलाई अमिलाथुम प्राविको भवनमा राखिएको छ । ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??