कन्चन । रुपन्देहिको कन्चन गाउँपालिकामा रहेको एक सहकारीमा गयराती चोरी भएको छ । धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी भएको हो । ढोकामा लगाएको चाबी फोडेर दराजमा रहेको २ लाख ५० हजार बढि रुपैयाँ चोरी भएको बताईएको छ ।
सहकारीमा लगाईएका सिसि टिभी सङ्गै ल्यापटप पनि चोरी भएको छ । घरमा कोहि नबस्ने र सहकारी मात्र सन्चालन भएको उक्त घरमा कस्ले चोरी गर्यो भन्ने बारे अनुसन्धान जारी छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??