spot_img
spot_img
spot_img

रुपन्देही जिल्ला स्तरीय न्यायीक समिति सञ्जालको दोस्रो बैठक देवदहमा सम्पन्न

spot_img

रुपन्देही । रुपन्देही जिल्ला स्तरीय न्यायीक समिति सञ्जालको दोस्रो बैठक देवदहमा सम्पन्न भएको छ। सञ्जालका संयोजक तथा बुटवल उपमहानगरपालिका नगर उपप्रमुख सावित्रादेवि अर्यालको अध्यक्षता र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै प्रमुख चपाईले रुपन्देहीमा मुद्दा मिलाई दिन्छु भनेर पैसामा बाग्रेनिङ्ग हुने गरेको आफुले थापा पाएको हुदा न्यायीक समितिका संयोजकहरु सचेत हुनु पर्नेे बताउनु भयो। उहाले न्यायीक समितिले कसैलाई काखा र कसैलाई पाखा नगराई नागरिकलाई भेदभाव रहित ढंगबाट न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो।

सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले संविधानले उपप्रमुखहरुलाई ठूलो जिम्मेवारी प्रदान गरेकोले न्याय सम्पादन गर्दा निष्पक्ष भएर काम गर्नुपर्ने बताउनु भयो। उहाले न्याय सम्पादनमा चुनौती रहेको बताउदै नागरिकको समस्याको वारेमा सामुहिक छलफल गर्न आवश्यक रहेको औल्याउनुभयो।

यसैगरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विवाद व्यवस्थापनमा न्यायीक समितिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीको स्वागत र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img