spot_img
spot_img
spot_img

इजरायल र हमासबीचको गोलाबारीमा २ सय ५० जनाभन्दा धेरैको ज्यान गयो

spot_img

एजेन्सी ।

अमेरिका, भारत, ईयूलगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर अमेरिकाले घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताउनुभएको छ।

युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गर्नुभएको छ । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका देशले पनि चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भन्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img