देवदह // साना किसान कृषि सहकारी संस्थाले वडा नम्वर ७ र ८ को २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टिका न्यौपानेको अध्यक्षता र देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै वडाअध्यक्ष अधिकारीले कृषिको विकासको लागि सहकारीहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले सहकारीहरुले आफना शेयर सदस्यहरुलाई सीप प्रदान गरी व्यवसायीक बनाउन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष अधिकारीले उत्पादन बृद्धिले मात्र देशको आर्थिक अस्था सुधार गर्न सकिने भएकोले सहकारीहरुले उत्पादन बृद्धिमा लगानी गर्नुपर्नेमा जोड दिनु भयो । उहाले देवदह कृषि र पशुको संभावना भएको ठाउ भएकोले पशु र कृषिमा लगानी गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य तथा पल्लवी साकोसका अध्यक्ष प्रमोद खनाल, बचत ऋण सहकारी संघ रुपन्देहीका सदस्य एवं नवप्रभाव साकोसका अध्यक्ष निर्मला अधिकारी, अनुग्रह कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद खनाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष न्यौपानेले सहकारीले पशु र कृषिमा लगानी गरीरहेको बताउनु भयो । उहाले कृषकले व्यवसायीक योजना ल्याए सहकारीले लगानी गर्न तयार रहेको बताउनु भयो । उहाले सहकारीले अहिले ५१ करोड ५१ लख ९८ हजार लगानी गरेको बताउनु भयो । उहाले संस्थाको शेयर पुजी ३ करोड ७३ लाख ९६ हजार रहेको बताउदै संस्थाले यस आर्थिक बर्ष ८ करोड १३ लाख ५३ हजार नाफा गर्न सफल भएको बताउनु भयो । अध्यक्ष न्यौपानेले संस्थाले सम्पूर्ण खर्च कटाएर २ करोड ४१ लख ४६ हजार खुद नाफा गर्न सफल भएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका लेखा संयोजक कल्पना जिसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष ख्यामनारायण ढकालको स्वागत र व्यवस्थापक सरला सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।