काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको सम्मानमा आज सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले मंगलबार देशभरका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो ।
शनिबार प्यालेस्टाइनी बिद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको इजरायलमा मृत्यु भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??